Sunday, June 12, 2011
लभ पर्दै परेन
कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो
Department बेग्लै, भेट्नै गारो
त्यस्को English नि, बुझ्नै सारो
मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
अनि त के पर्नु लभ, पर्दै परेन ।।
नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
जानै मानेनि चुरोट तान्नेलाई, बा’ले बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।
Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु
Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
दिनहुँ नुहाई zatak नै छरे नि
खौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।

Thursday, July 29, 2010
दिक्क लाग्छ यि गधाहरुको ताल देखेर...
नागर्जुनमा बाउ मुसु मुसु हाँस्दो हो
सिङ्गापुरमा छोरो उफ्रि-उफ्रि नाँच्दो हो
खुसी हुँदै यि गधाहरुको ताल देखेर
राष्ट्रपती जिद्दी उस्तै ट्वाके परेछन्
के पि ओली त झन् सोरैआना ख्वाके छदैछन्
दिक्क लाग्छ यि गधाहरुको ताल देखेर
उता सुजतालाई के गरुँ के गरुँ भैसक्यो
शेरु त्यसै भक्-भक्-भक्-भक्-भक्भक्यो
चुनाव हरुवा माकुनेको मुख्मा र्र्याल आइसक्यो
फोरमले झन्डै सित्तैमा गिफ्ट ह्याम्पर पाइसक्यो
सिंहदरवार भित्रको खाली कुर्ची देखेर
उफ्!
दिक्क लाग्छ यि गधाहरुको ताल देखेर...
स्याऊ र केरा जस्ता नेताको निती देखेर
टायरको हाँडी काठमाण्डु सिटी देखेर...
नेताहरुमा ठप्पै नभाको युनिटी देखेर...

Sunday, July 18, 2010
देश
जन्मदिनको केक जस्तो होइन देश
चट्ट काट्यो बांडी खायो पहाड मधेश ।।
बिश्वकपको मैदान होइन,सर्वभौम देश
दुनियाँ आउने,जिस्काउने काला गोरा फेस ।।
भाई फुटाइ राष्ट्र तुटाइ मार्नु हुन्न देश
जनता होइनन, टुर्नामेन्ट्को बागचाल र चेस।।
भाउजुको दाईजो दाईको अंश होइन देश
भिन्न जाती,भिन्न भाषा मातृभूमी एक ।।

एउटा कोठा खाली छ
घर बिष्णुमती सँगै छ ,तिन तल्ले अग्लो छ
गल्ली खाडल भए पनि साईकल जाने बाटो छ
छत हल्न सकिएन गजबले घुमेको पाली छ
मलमुत्रे ढलको दर्शन मिल्ने एउटा कोठा खाली छ।
गल्ली खाडल भए पनि साईकल जाने बाटो छ
छत हल्न सकिएन गजबले घुमेको पाली छ
मलमुत्रे ढलको दर्शन मिल्ने एउटा कोठा खाली छ।
Subscribe to:
Comments (Atom)